व्यङ्ग्य स्यंग्य लेख्न आम्दैन हजुर मुलाईता तर मैले लेख्ने भनेकोचैं
'च्वास्स र चुस्स' हो ! च्वास्स भनेको बिझाउने र चुस्स भनेको चैँ घोच्ने हो ! अब
को को लाई बिझाउने हो र घोच्ने हो यदि बिझायो र घोचिएको रच्च भने अग्रिम माफी मागेहै
!
यो चुस्सको माथि खप्परे निधारा मुईले 'डाम्नारु' भनेर लेखे ! 'डाम्ना'
भनेको कुनै धातुलाई पोलेर सजिब तथा निर्जीव जिनिसमा छाप हान्ने जसलाई काँठे भाका
डाम्ने भंच्च भने त्यस्तो डाम्ने काम गर्ने मुन्च्चिलाई 'डाम्ना' भंच्चन र एक बाट
दूई अर्थात बहुबचन भसी 'हरु' लाग्च्च त्यहि भर छोटो मिठो चिटिक्का डाम्नामा 'रु'
जोडेर 'डाम्नारु' भनिएको हो !
हिन्दु धर्म मान्नेहरु एक थरीले गाई माताको पुत्र बहरलाई भौवान
भोलेनाथ्को अचुक अस्त्र त्रिशुल पोलेर रातो पारेर बरा बहरको पुठोमा डामेर छोडेसी
पछी त्यो त्रिसुलले डामेको बहरलाई लोकले 'साँढे' भनेर नाम दिने चलन छ ! बहर मात्रै
भाको भे लिदी फर्किने गरि हलीले जोत्थ्यो तर डामेको काइदाले भाको फाईदा नै साढे
हुनुहो र साँढेलाई जोताउनु हुन्न जोतायो भने पाप लाग्च्च भन्ने भनाई छ !
भगवान भोलेनाथको बाहन पनि साँढे हो जस्लाई नन्दीमाराज पनि भन्ने चलन छ
! यी नन्दी माराजलाई सय खत माफी छ ! किसानले दुख गरेर रोपेको बालीनालीमा मज्जाले
जलपान देखि कन्ये देखि थारी गौमाता सम्म यिनले फिरियाँ हकभोग गर्च्चन ! यिनका
अगाडी अरु कुन मईकालाल बहरको जोड चल्छ ! बिना काम धन्दा फिरियाँ जलपान देखि भोजन
गरेसी सुमो पहलमान नहुने ता कुरै भन !
डाम्ने भनेको छाप्ने हुन्च्च ! कागजा छाप्नेपनि डाम्नुनै हो क्यार !
बिजुलीले डाम्ने त्यस्तो जिनिस चलाउने देखि तयार पार्नेहरु चैँ 'डाम्नारु' भए !
हिजाज खबर कागजा मात्रै 'डाम्नारु' ले डाम्दैनन ! बिधुतिय पत्रिका भन्ने अनलाईन
देखि सामाजिक संजाल भन्ने फेसबुक देखि ट्वीटर फुईटर समेतमा निर्धक्क संग डाम्च्चन
! त्यै भर को पत्रकार को अलपत्रकार खुट्याम्नुनै गारो !
नेपाला २५ बर्ष देखि भौवान भोलेनाथको प्रिय नन्दीमाराज जस्तै का
'डाम्नारु' छन ! यी 'डाम्नारु' ले डामेसी सुल्टोलाई उल्टो देखि उल्टोलाई सुल्टो
पार्न सम्म कुनै रोकटोक छैन ! अकबर बादसा भन्दानी डेन्जर माथिको खतरा हुन यी
'डाम्नारु' ! अस्टबक्रे भनेको आठ ठाम्मा बांगेको जिनिस ! यस्तो जिनिस देखार अक्बर
माराज्ले भाई भारदारलाई हेर त कस्तो सिधा रुख भनेर सोध्थेरे ! चाचुचका फौजले आहा
कस्तो सिधा रच्च माराज भनेर भन्थेरे तर त्याहा 'बादसा आँखा फुट्या हो कि मेरो
गर्धन चिलाको हो म त सिधै देख्छु' भन्नेमा एक जना बीरबल भन्ने काजि पनि थियेरे !
त्यस्तो भनेको बापता ति बीरबल काजी देस निकाला पर्थे त्यो भो सुनेको कुरा !
तर अहिले नेपाला अकबरे बादसाहरको राज छ र अकबरे बादसाको राजमा अस्टबक्रे
रुखलाई सिधा भन्ने 'डाम्नारु'को जमाते गन्दे झार सरि उल्कासित मौलाछ ! नपत्याए
सक्कली उदाहरण हेर्नुस !
परार साल निलम्बित माराज ज्ञानेन्द्र आफ्ना दलबलको साथ पस्सिउ भ्रमणा
निस्किनुभो ! भैरवाको नाम चलेका होटेला मुकामको बेला रातो झोल खानु भो ! स्याउको
झोल देखि ब्रान्डीको झोलको रंग एकै हुन्छ भने सोफीको तीनपानेमा पानी हालेसी
कागतीको झोल झैँ हुन्च्च ! गोराको भाका अंगुरको सेतो झोललाई व्हाईट वाईन भंच्च, रातो
झोललाई रेड वाईन भंच्च ! त्यो भनेको अंगुरको जांड हो ! फाल्फुलको सर्बतलाई गोराको
भाका जुस भंच्च ! राजाले जुस खानु भो की रौसि खानु भो कि जांड तर नेपालको खाल्डो
कान्तिपुरा बसेर संसार देख्ने नेपालको १ नम्बरे अनलाईन भन्नेले 'पुर्ब राजाले जांड
खायो' भनेर तिनका अन्लाईना डामीहाल्यो !
अपराधको दुनियामा एकक्षत्र राज गर्ने अपराधीको नाईकेलाई गोराको भाखा
डन भंच्च ! २०४६ साल पछी पार्टी देखि संगठन हुँदै ठाम ठाममा अपराधीको नाईके देखि
भाई नाईके सम्मको बोलबाला छ ! तिनै अपराधीहरु मध्येको एउटा प्यादा अस्ति पुलिसको
कारबाईमा परान के गाथ्यो 'डाम्नारु' ले डनको तक्माले विभूषित गरेर महिनौ दिन सम्म
जनता जनार्दनलाई वाक्क ब्याक्क बनाए ! रेडियो देखि टिपी, खबर कागज देखि अनालाईना
समेत यिनै 'डाम्नारु' को बोलबाला छ ! बाध्य भएर हेर्ने, सुन्ने देखि पढ्नु पर्ने !
प्रजातन्त्र देखिको लोकतन्त्र यिनी 'डाम्नारु' को लागी ह्याप्पी ह्याप्पी चाँदी
कटाई भाको छ !
महिनाको लाख देखि दूई पाँच हजारा गुजारा चलाम्ने यी डाम्नारु को कथा
ब्यथा लेखि साध्य छैन ! माईबापको आदेसा धर्म, संस्कृति देखि ब्यबस्था सम्मको
बिरुद्धमा हिजो आँखा चिम्लेर डाम्ने यी डाम्नारुहरु आजकल धर्म र संस्कृति देखि
जाति सम्मको बिरुद्दमा बिखण्डनकारिको भरिया आंगकाजीहरु जस्ताले जातीयता र
क्षेत्रीयताको बिरुद्धमा बोल्नासाथा अरिंगालको गोला जस्तरी खनिएको देख्दा यो
'चुस्सकर' तिन छक्क पर्दै आज भन्दा ७/८ वर्ष अगाडी यी डाम्नारु यस्तै गरि एकजुट
किन भएन भनेर मनमनै गम्दैछ !
..
जनक मान डंगोल।हेटौडा,मकवानपुर
..
जनक मान डंगोल।हेटौडा,मकवानपुर
सरकार !
सदियौँदेखि तपाइँले देखाइआएको त्यो भोटोको हकदार
मै हुँ त्यो ‘ज्यापू’,
जसले हरायो आफ्नै खेतको आलीमा
बहुमूल्य रत्नजडित उपहार— त्यो भोटो
के फर्काउनुहुन्छ आउने सालको जात्रामा ?
छैन मसँग कुनै प्रमाण यसपाला पनि
कि मेरै हो त्यो भोटो ।
म ज्यापू,
भन्नुस् मलाई्— बाउचा, बेखामान, पासा या साहुजी,
जो लाग्छ सजिलो तपाइँलाई ।
हुँ त म आखिर एक ज्यापू नै ।
तर छैन मसँग मेरो भोटोको कुनै लालपूर्जा,
न दिएर गयो नागराज कर्कोटकले१ यो भोटोको कुनै प्रमाणपत्र
छैन कुनै प्रमाण मसँग यसपाला पनि
कि मेरै हो त्यो भोटो,
न फेरि आउँछन् कर्कोटक स्वयम्
टौदहबाट मेरा साक्षी ।
बेमान एउटा भूतको आँखा लागेपछि भोटोमा
गुणकामदेव राजादेखि आजसम्म पनि
धाउँदै छु सरकार हरेक वर्ष पेसी
म यो मच्छिन्द्रनाथको रथको पछिपछि !
र यस वर्षपनि रहेन कुनै प्रमाण मसँग
कि मेरै हो त्यो भोटो ।
तर सरकार ! भोटो त मेरै हो !
दाबी गरिरहेछु उबेलादेखि हरेक साल,
कि भोटो मेरै हो ।
नरेन्द्रदेव२ सरकारलाई पनि बिन्ति गरेकै हुँ,
सिद्धिनरसिं सरकारहरु हुँदै
एघारै पुुस्ता शाही सरकारहरुलाई भनेकै छु
कि भोटो मेरै हो ।
जबजब मीननाथ३ भगवानका पछिपछि लागेर
गाःबहालबाट निस्कन्छन् मच्छिन्द्रदेव,
म्वाली, नायखी बज्छन् पाटनका गल्लीगल्ली ब्यूँझाउँदै,
म फेरि झसङ्ग हुन्छु र हेर्छु
वर्षौैँअघि आफूले त्यो भोटो छोडेको रित्तो आली
र दौडन्छु रथको पछिपछि जावलाखेलसम्म
वर्षौँअघि जहाँ मैले चिनेको थिएँ
नागराज कर्कोटकको उपहार त्यो भोटो बेमान भूतले लगाइराखेको ।
ख्याल गर्नु हुन्न सरकार !
छैन मसँग कुनै प्रमाण यसपाला पनि
कि मेरै हो त्यो भोटो ।
कि थाहा छ— मच्छिन्द्रनाथलाई, सन्त गुरु करुणामयलाई४
कि थाहा छ— पद्मपाणी बुद्ध भगवानलाई
रथको बुर्जाबाट हरेक वर्ष देखाइने त्यो भोटोमा खालि मेरै हक छ ।
कालो मखमलको कपडाभित्र मणिमाणिक, बहुमूल्य नवरत्न जडित त्यो भोटो
अझै कतिदिन बन्द गरिराख्ने सरकार लाहाछाप मारेर ?
के त्यो भोटोको अधिकार होइन— उसको हकवालाको ज्यानमा सजिने ?
के मेरो अधिकारै छैन— त्यो भोटो लगाएर हिँड्ने ?
यौटा बेमान भूतका लागि
कतिन्जेल बन्चित गरिराख्ने सरकार भोटोको अधिकार ?
भोटोको वास्तविक हकवालाको अधिकार ?
कि सिलबन्दी गरिराख्ने भोटो सदासदाका लागि ?
भोटो चोर्ने भूतहरु—
यतिबेला मेरो भोटोभन्दा पर
दाउ लाउँदैछन् मेरो घरमाथि, मेरा जमिनमाथि,
मेरो जलमाथि, मेरो ढुंगा—माटो, मेरो बाटो,
मेरो विधानमाथि,
कि सिलबन्दी गरिराख्ने सरकार यी सबैलाई
र देखाइरहने मेरो हातले नभेट्ने अग्लो रथको बुर्जाबाटै
जात्राजात्राहरुमा मात्रै ?
जगजाहेर छ—
म हुँ यौटा ज्यापू, त्यो भोटोको असली हकदार
फेरिपनि सरकार !
छैन कुनै प्रमाण मसँग यसपाला पनि
कि मेरै हो त्यो भोटो ।
के फर्काउनुहुन्छ आउने सालको जात्रामा मेरो भोटो ???
note:
१. लोकोक्ति अनुसार टौदहका नागराज कर्कोटक, जसले आफ्नी नागिनीको आँखाको रोग निको पारिदिए वापत उपहारस्वरुप रत्नजडित भोटो एक ज्यापूलाई दिएको र सो भोटो एक भूतले किसान व्यस्त भएको मौका पारी चोरेका थिए । पछि मच्छिन्द्रनाथको जात्रामा भूतले भोटो लगाएर आएको देखेपछि ज्यापूले आफ्नो भोटो चिनेर दाबी गर्दा विवाद उत्पन्न भएको र तत्कालिन लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनी निर्णय गर्न नसक्दा पर्याप्त प्रमाण लिएर नआउन्जेल सो भोटो मच्छिन्द्रनाथको जिम्मा लगाएर रथमा राखी अर्को वर्ष कसैले प्रमाण लिएर आएमा उसैलाई दिने भनी भोटो देखाइएको थियो । सोही अनुसार प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट चारैतिर घुमाउँदै भोटो देखाउने प्रचलन रहीआएको छ ।
२. लिच्छवी राजा नरेन्द्रदेवको पालादेखि राष्ट्रप्रमुख भोटोजात्राको प्रमुख अतिथि हुने प्रचलन रहीआएको छ । पछि मल्ल राजा सिद्धिनरसिंह मल्लले ज्योतिषीबाट साइत हेराई उत्तरायण र दक्षिणायन स्पष्ट जनाउन मच्छिन्द्रनाथलाई ६÷६ महिना पाटन र बुङ्मतीमा राख्ने चलन चलाएको भनाइ छ ।
३. मीननाथालाई मच्छिन्द्रनाथको पिताका रुपमा वर्णन गरिएको पाइएको छ । जात्राका क्रममा मीननाथको रथलाई अघि लगाएर मच्छिन्द्रनाथको रथलाई पछिपछि तान्ने गरिन्छ ।
४. मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बी सन्त गुरु करुणामयका रुपमा र बौद्ध धर्मावलम्बी पञ्चबुद्धमध्येका चौथो बुद्ध पद्मपाणीका रुपमा पूजा गर्ने गर्छन् ।

१७ माघ २०६७
हीरक जयन्ती मनाउन लागेको बालबोध माध्यमिक विद्यालय हटियाको सप्ताहव्यापी कार्यक्रम सोमबारबाट शुरु भएको छ । कार्यक्रमको पहिलो दिन विद्यालयले प्रचारात्मक ¥याली सम्पन्न गरेको छ ।
हर्नामाडि गाविसको दोभानचौरबाट पञ्चेबाजा सहित शुरु भएको ¥याली हर्नामाडि र हटिया गाविसका विभिन्न भागको परिक्रमा पछि हटिया ३, भुलभुलेस्थित विद्यालयमा पुगेर टृङ्गिएको थियो । विद्यालयका पूर्व प्रधानाध्यापक गोकर्णराज महत र विद्यालय संस्थापक बखतबहादुर बानियाका छोरा लिलाबहादुर बानियाले ¥यालीको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । ६ दशक अघि विद्यालय स्थापना भएकै स्थानबाट प्रचारात्मक ¥याली शुरु गरिएको हीरक जयन्ती मूल समारोह समितिका अध्यक्ष भोला रुपाखेतीले बताउनुभयो ।
जिल्लाकै दोश्रो पूरानो विद्यालय वि. सं. २००८ सालमा बालबोध मिडिल स्कुलको नाममा स्थापना भएको थियो । माघ २३ गतेसम्म चल्ने सप्ताहव्यापी कार्यक्रम अन्तर्गत स्रोतकेन्द्र स्तरीय शिक्षक फुटबल प्रतियोगिता, हाजिरिजवाफ, विद्यालय खेलकुद, चित्रकला, आमा समूहबीच घ्याम्पो फुटाउने प्रतियोगिता, साहित्यिक तथा साँस्कृतिक कार्यक्रम एवं सम्मान पत्र वितरणको कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक उत्तम अर्यालले जानकारी दिनुभयो ।
यसैबीच, विद्यालयले दश जोड दुई कक्षा सञ्चालनका लागि सहयोग गर्न विद्यालयका अभिभावक, पूर्व विद्यार्थी तथा दाताहरुसमक्ष अपील समेत गरेको छ । बदलिँदो समयानुकुल स्थानीय स्तरमै उच्च शिक्षा दिनु अती आवश्यक भएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य बहादुर पाख्रिनले यथासक्य सहयोगका लागि सबैसँग आग्रह गर्नुभयो ।
तिमी
हुँदै होइनौ मेरो पहिलो प्रेम
र अन्तिम पनि,
किन भनौं म
कि बाँच्नै सक्दिन तिमी बिना ?
तिमीसँगै हाँसेको हाँसो
त्यो मेरी आमाको उपहार हो,
तिमीसँगसँगै हिँडेको पाइला पाइलामा
पदचापहरु छन् मेरा बाबुको,
मेरी दिदीको कोसेली मीठो बोलिको अभ्यास
तिमीसँगका भेटहरुका शब्दहरु हुन्,
मलाई थाहा छ
र तिमीलाई पनि
कि मैले सबैभन्दा पहिले तिमीलाई भेटेको होइन
न तिमीले मलाई ।
यात्रा बाटो भएरै हुन्छ
सुन्दर बगैँचाहरुको
र बगैँचाहरुमा
अझ सुन्दर फूलहरु पनि हुन्छन् ।
हामी आइपुगेका हौं
हामी भेटिएको त्यो मोडसम्म एक अर्का बिना नै,
तिमी मेरा लागि
र म तिम्रा लागि
खाली सहयात्री हौं
र सहयात्रा गरिरहनेछौं
जीवन रहेसम्म
र बाँच्छौं एक्लै एक्लै सम्झनामा
म खाली सोचिरहेछु,
को हुन् मेरो पहिलो प्रेम—
मैले टेकेको धरती
या मलाई धरती टेकाउने धरती ?
०२ फाल्गुण २०६९