'थाहा' स्तम्भ र म !
उनि र म अनि बिचको हाम्रो मायाको चिनो !


कतै पहिले नै पनि लेखिसकेको छु कि बाउ हुनु सजिलो छैन । हिजो बाउ हुनुको एउटा कर्तब्य पुरा गरें । आयुशको अन्नप्राशन सम्पन्न भयो । यो कार्य सम्पन्न गर्न सहयोग गर्नुहुने सबै आगन्तुक अनि शुभेच्छुक सबैमा हार्दिक आभार अनि धन्यवाद ।
सन्ततिले गर्ने हरेक कर्तब्यमा बाबुआमाको चासो हुदोरहेछ । सधैं केही नयाँ नौलो गरिरहोस्, अरुको आकर्शणको केन्द्र आफ्नै सन्तान बनिरहोस् भन्ने लागिरहदो रहेछ । मलाई पनि त्यस्तै स्वार्थी सोचले जकड्न थालेको हो कि जस्तो कता कता लगिरहेको छ ।
जीवनमा सबै कुरा पहिलो पटक नै हुदोरहेछ कि कसो ? दोहोर्याएर अनुभब गर्न नपाईने केही अनुभबहरु सँगल्दै छु । धेरै तपाईं साथीहरु अनुभबी हुनुहुन्छ । एउटा सान्तानको उचित स्याहार कसरी गर्ने जसले गर्दा भोली म किन बाउ बनेछु भन्ने हीनता बोध गर्नु नपरोस भन्ने सोच सधैं लागिरहेछ । यत्ती चाहेको छु, म बाउ हुँ भनेर उसकी आमाको अगाडि गर्वले उभिन सकुँ ।


अबको तीन महिनापछि घरमा एउटा सदस्यले जन्म लिनेछ । म बाबु बन्दैछु र अन्जु आमा। अब हामी थाप उत्तरदायी बन्दैछौ । तपाईको सकारात्मक सुझाबको अरु बढ़ी अपेक्षया गरेका छौं ।



A new member is going to be added in the family after three monts। I'm going to be the 'FATHER' and Anju, my dear, is the 'MOTHER'. We will be much more responsible than today. Expecting your creative responses in the days to come.