बाबु बनिसकेपछि

Anitya | 5:45 AM | 0 comments



कतै पहिले नै पनि लेखिसकेको छु कि बाउ हुनु सजिलो छैन । हिजो बाउ हुनुको एउटा कर्तब्य पुरा गरें । आयुशको अन्नप्राशन सम्पन्न भयो । यो कार्य सम्पन्न गर्न सहयोग गर्नुहुने सबै आगन्तुक अनि शुभेच्छुक सबैमा हार्दिक आभार अनि धन्यवाद ।
सन्ततिले गर्ने हरेक कर्तब्यमा बाबुआमाको चासो हुदोरहेछ । सधैं केही नयाँ नौलो गरिरहोस्, अरुको आकर्शणको केन्द्र आफ्नै सन्तान बनिरहोस् भन्ने लागिरहदो रहेछ । मलाई पनि त्यस्तै स्वार्थी सोचले जकड्न थालेको हो कि जस्तो कता कता लगिरहेको छ ।
जीवनमा सबै कुरा पहिलो पटक नै हुदोरहेछ कि कसो ? दोहोर्याएर अनुभब गर्न नपाईने केही अनुभबहरु सँगल्दै छु । धेरै तपाईं साथीहरु अनुभबी हुनुहुन्छ । एउटा सान्तानको उचित स्याहार कसरी गर्ने जसले गर्दा भोली म किन बाउ बनेछु भन्ने हीनता बोध गर्नु नपरोस भन्ने सोच सधैं लागिरहेछ । यत्ती चाहेको छु, म बाउ हुँ भनेर उसकी आमाको अगाडि गर्वले उभिन सकुँ ।

Category:

0 comments